९ फाल्गुन २०८१ शुक्रबार
image/svg+xml ५:४४ पूर्वाह्न
राजनीति

शुक्रबार संसद्को हिउँदे अधिवेशन सुरु, सत्ता र प्रतिपक्षीबीच रस्साकस्सीको सम्भावना

शुक्रबार (भोलि) संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ। तर, संसद्‌मा सत्ता र प्रतिपक्षीबीच रस्साकस्सी हुने सम्भावना देखिएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहित अन्य विपक्षी दलहरू सरकारका काम कारबाहीप्रति सन्तुष्ट छैनन्।

माओवादी केन्द्रसहित एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायतका दलहरूले संयुक्त बैठकबाटै सरकारविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने निर्णय गरिसकेका छन्।

उनीहरूले सरकार पूर्णत: असफल भइसकेको बताएका छन्। माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले संयुक्त बैठकले 'यो सरकार असफल भइसकेको' निष्कर्ष निकालेको सुनाए।

विपक्षी दलहरूको बैठक।

रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरू पनि सरकारको काम कारबाहीप्रति सन्तुष्ट छैनन्।

जनअपेक्षित काम नगरेको, संसद् छरेल आधा दर्जन अध्यादेश ल्याएकोलगायतका विषयलाई संसद्‌मा मुख्य मुद्दा बनाउने योजनामा विपक्षी दलहरू छन्।

विपक्षी दलहरू मात्रै होइन, सत्तापक्ष दलहरू नै पनि सरकारको काम कारबाहीप्रति सन्तुष्ट छैनन्। कांग्रेस, लोसपा, जसपा, नागरिक उन्मुक्तिलगायतका दलहरूले पनि सरकारले अपेक्षित काम नगरेको बताइरहेका छन्। 

यस्तो अवस्थामा संसद्‌मा ठूलै रस्साकस्सी चल्ने सम्भावना देखिन्छ। तर, एमालेका प्रमुख सचेतक महेश बर्तौला भने सत्तापक्षीय दलहरूसँग सँगै उभिने बताउँछन्। 'सत्तामा रहेका दलहरू एकजुट भएर उभिन्छौँ,' उनले भने।

प्रकाशित: १७ माघ २०८१ २०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App