८ फाल्गुन २०८१ बिहीबार
image/svg+xml १८:१८ अपराह्न
राजनीति

स्थानीय तहलाई शिक्षाको अधिकार दिनु हुँदैन : डा.भिमार्जुन आचार्य

संविधानविद् डा.भिमार्जुन आचार्यले स्थानीय तहलाई शिक्षाको अधिकार दिन नहुने बताएका छन् । बिहीबार विराटनगरमा आयोजित संविधान संशोधन संभावना र चुनौति विषयक कोशी प्रदेश स्तरीय अन्तक्र्रियालाई सम्बोधन गर्दै डा.आचार्यले शिक्षाको अधिकार स्थानीय तहलाई दिनै नहुने बताए ।  

उनले भने, ‘शिक्षाको अधिकार स्थानिय तहलाई दिएर बहुरंगी पाठ्यक्रम तयार पारेर शिक्षाको गुणस्तर बृद्धि हुन सक्दैन ।’ संविधानविद् आचार्यले संविधान संसोधन गर्दा प्रधानमन्त्री दुई पटक मात्रै बन्न पाउने गरी कार्यकाल निर्धारण गर्नुपर्ने बताए । 

उनले असफल भएका व्यक्ति बारम्बार प्रधानमन्त्री बन्दा जनतामा निराशा छाएका कारण एउटा व्यक्तिले दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नु पर्दछ ।  

नेपालमा एउटै व्यक्ति  बारम्बार प्रधानमन्त्री बन्न पाउने भएकाले राजनीतिमा विकृति देखिएको उनको ठहर छ । संविधान संसोधन गरेर संसद मन्त्री बन्ने व्यवस्था हटाउनु पर्ने डा आचार्यको धारणा छ । 

प्रकाशित: १७ माघ २०८१ १८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App