५ माघ २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारद्वारा गाजा युद्ध विरामको स्वागत, विपिन रिहाइको अपिल

<br>

मध्यपूर्वको घटनाक्रममा नेपाल सरकारको स्वागत, गाजामा युद्धविरामलाई सकारात्मक संकेत

गाजा क्षेत्रमा बन्धकहरूको रिहाइ र युद्धविरामका लागि भएको सहमतिको नेपाल सरकारले स्वागत गरेको छ।

मध्यपूर्वमा भइरहेको तनावपूर्ण घटनाक्रमलाई नजिकबाट अवलोकन गर्दै आएको बताउँदै सरकारले यो सहमति दीर्घकालीन शान्ति र स्थायित्वको दिशामा महत्वपूर्ण कदम भएको जनाएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा गाजाका जनताका लागि मानवीय सहायता सुनिश्चित गर्न यो युद्धविरामले सहयोग गर्ने विश्वास व्यक्त गरेको छ। साथै, नेपाली विध्यार्थी बिपिन जोशीसहित सबै बन्धकहरूको तत्काल रिहाइका लागि नेपाल सरकारले निरन्तर प्रयास गरिरहेको उल्लेख छ।

नेपाल सरकारले यो सहमतिको सफलताका लागि मध्यस्थता गर्ने सबै पक्षहरूको भूमिकाप्रति आभार व्यक्त गरेको छ। साथै, युद्धग्रस्त क्षेत्रका जनताको अवस्था सुधार गर्न विश्व समुदायले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित: ४ माघ २०८१ १९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App