३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बाइपास गरेको प्रतिपक्षको आरोप

बुटवल – प्रदेश ५ मा बजेटमाथिको छलफल सुरु भएको छ। सरकारद्वारा प्रस्तुत बजेटलाई प्रतिपक्षी सांसदले  पार्टी र व्यक्ति विशेषको वक्तव्यपत्र जस्तो भएको टिप्पणी गरेका छन्। प्रतिपक्षलाई बाइपास गरेर नीति तथा कार्यक्रम ल्याएको सरकारले बजेटमा पनि बाइपास गरिएको बताएका हुन्।

सत्तापक्षका सांसदले भने छोटो अवधिकालागि ल्याइएको बजेट राम्रो भएको भन्दै त्यसको विरोध गर्नुको औचित्य नभएको धारणा राखेका छन्।

संसद बैठकमा बोल्दैनेपाली कांग्रेस सभासद अष्टभुजा पाठकले प्रतिपक्षीलाई बाइपास गरेर ल्याइएको बजेट व्यवहारिक नभएको टिप्पणी गरे। कृषिलाई विकासको मुख्य आधार भनेको सरकारले बजेटमा कृषिलाईनै प्राथमिकता नदिएको उनले बताए। चक्लाबन्दीका सिँचाइका कुरालाई बजेटले सम्बोधन गर्न नसकेको उनको आरोप छ।

नेपाली कांग्रेसका सभासदवीरबहादुर रानाले लोकतान्त्रिक व्यवस्थाअनुसारको बजेट आउन नसकेको बताए। ‘बजेट जनता केन्द्रित हुनुपथ्र्यो तर भएन,’ रानाले भने,  ‘पार्टी र व्यक्ति विशेषका योजना केन्द्रित बजेटले प्रदेशको विकास सम्भव छैन।’ प्रदेशलाई समृद्ध बनाउन एक जिल्ला एक उत्पादन जस्ता विशेष कार्यक्रम ल्याउनेतर्फ सरकारको ध्यान जान नसकेको भन्दै सांसद रानाले स्थायी राजधानी तोक्न ढिलाइ गर्न नहुनेमा जोड दिए। नमुना प्रदेश बनाउन नेपाली कांग्रेस सरकारलाई साथ दिन तयार भएपनि सरकारले बाइपासको नीति लिएको बजेटले प्रष्टयाएको सांसद रानाले बताए।

एमाओवादीका सांसद कृष्णध्वज खडकाले बजेट समग्रमा राम्रो भएपनि यसको कार्यान्वयनमा ध्यान दिन सरकारलाइ आग्रह गरे। राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले बजेटले आपूmहरूलाईकुहिरोको काग जस्तो बनाएको धारणा राखिन्। प्रस्तुत बजेटले सरकारको आगामी बजेट पनि आशालाग्दो नहुने संकेत गरेको सांसद जिसीको टिप्पणी थियो । ‘बजेटमा उल्लेख गरिएजस्तै  हरेक कुरामा केन्द्र सरकारको मुख ताक्ने हो भने हाम्रो पार्टीले भने जस्तै यो संघीयता एकदिन खारेज हुनेछ,’जिसीले भनिन्। एमाले सांसद दीर्घनारायण पाण्डेले बजेटले प्रदेशको सबै जिल्लालाई समेट्न नसकेको बताए। हतारमा बजेट ल्याउँदाको परिणाम भएको उनको टिप्पणी थियो।

संघीय समाजवादी फोरमका सांसद सन्तोष पाण्डेले औद्योगिक लगानीको वातावरण सिर्जना गर्नेतर्फ बजेटले सम्बोधन गर्न नसकेको बताए। लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटकीय विकासका योजना ल्याउनेतर्फ बजेट चुकेको उनको भनाइ थियो। सांसद धर्मबहादुर लाल श्रीवास्तवले समग्रमा बजेट राम्रो भएपनि  बजेटमा स्थानीय तहका कुरा आउन नसकेको बताए। नेपाल सरकारले खारेज गरेका कार्यालय अलपत्र परिरहेकाले  जिल्लाका कार्यालय युनिटलाई प्रदेशअन्तर्गत स्थापना गर्नेतर्फ प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिए। सांसद श्रीवास्तवले गौतम बुद्धको क्रीडास्थल कपिलवस्तुलाई बजेटले ओझेलमा पारेको गुनासो गरे।

एमालेका सांसद चेतनारायण आचार्यले बजेटले शिक्षा, स्वास्थ्य,पर्यटन जस्ता समृद्धिका क्षेत्रमा महत्वपूर्ण योजनालाई समेटेको बताए। बजेटले ५ वर्षको गाइडलाइनको काम गर्ने उनले दाबी गरे। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई नमुना बनाउन छोटो अवधिमै सकेसम्म राम्रो बजेट ल्याएको भन्दै बचाउ गरे। प्रतिपक्षलाई पाखा लगाएको भन्ने सांसदको भनाइको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले हरेक छलफलमा प्रतिपक्षलाई सहभागी गरिएको र सरसल्लाहमै सरकार अगाडी बढेको दाबी गरे। मुख्य मन्त्री पोखरेलले आइतबारकै सदनमा विनियोजन विधेयक पनि पेस गरे। संसद् बैठक सोमबार दिउँसो १ बजे बस्ने छ । सम्भवत बजेट सोमबारको बैठकमा पास हुनेछ।

प्रकाशित: ३ वैशाख २०७५ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App