पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले उनलाई थुन्न नहुने बताएका छन्।
लामिछानेलाई न्यायिक हिरासतमा पठाइएपछि काठमाडौं जिल्ला अदालत बाहिर जम्मा भएका उनका समर्थकहरूले नाराबाजी गर्दै उनलाई थुन्न नहुने बताएका हुन्। उनीहरूले भने, 'किन थुन्नुपर्यो रविलाई ? मान्छे मारेको होर थुन्नलाई ? राम्रो मान्छेलाई थुन्ने ?'
लामिछानेलाई भने त्यसअघि नै प्रहरीले लगिसकेको थियो। लामिछानेले आइतबार काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी बयान सकाएका छन्।
यसपछि थुनछेक बहस पनि आजै सुरु गर्ने अदालतको तयारी थियो। तर, सरकारी वकिलले समय माग गरेपछि सोमबार बिहान ११ बजेसम्मका लागि बहस स्थगित गरिएको अदालतका सूचना अधिकारी अम्मरबहादुर चन्दले नागरिकलाई बताए।
यो पनि पढ्नुहोस्
प्रकाशित: २८ पुस २०८१ १६:५७ आइतबार