२६ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस–एमालेबिचको सात बुँदेमा ग्रहण लाग्न थाल्यो: उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठ बन्धनको सरकार निर्माण गर्नुअघि कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिमा ग्रहण लाग्न थालेको बताएका छन् ।

आज विराटनगरमा प्रजातन्त्र सेनानी संघ कोसीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले सात बुँदे सहमतिमा खण्डग्रास नभई खग्रास ग्रहण लाग्न थालेको बताएका हुन् ।

‘जिम्मेवार नेताहरूको अभिव्यक्तिका कारण सात बुँदे सहमतिमा खण्डग्रास नभई खग्रास ग्रहण लाग्न थालेको मैले सुनिरहेको छु’ गुरुङले भने ‘सात बुँदेमा संविधान संशोधन, आर्थिक सङ्कट, सुशासनका कुरा रहेको तर, सम्झौता गर्ने दलहरूबाटै ग्रहण लगाउने अभिव्यक्ति आउन थालेपछि अब, सहमति कहाँ पुग्ला ?’

गुरुङले कांग्रेस र एमालेले  घाम ताप्न सात बुँदले सहमति गरेको नभई काम गर्नलाई सहमति गरेको बताए । गुरुङले कांग्रेस र एमालेको गठबन्धन सरकार गठन हुनुको निश्चित उद्देश्य रहेको भन्दै सरकार निर्माण हुँदाको बखत भएको सहमतिमा ग्रहण लगाउने काम नगर्न नेताहरूलाई आग्रह गरे। उनले सात बुँदे खण्डित भए धेरै अप्ठ्यारो परिस्थिति आउने  स्पष्ट पारे ।

फरक प्रसङ्गमा गुरुङले नेपालको राजनीतिमा गाली संस्कृतिका रुपमा स्थापित हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । उनले एउटा नेताले अर्को नेतालाई एउटा पार्टीले अर्को पार्टीलाई गाली गरेर लोकतन्त्र संस्थागत नहुने बताए । उनले लोकतन्त्रलाई बलियो बनाउन फरक झण्डा, बोक्ने फरक विचार राख्ने  विरुद्ध उत्रने, एकले अर्कोलाई दुष्मन देख्न नहुने बताए । 

प्रकाशित: २६ पुस २०८१ १६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App