नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन आफैँ राजनीतिमा आउन चाहेको जवाफ दिएका छन्।
आइतबार सुरु भएर मङ्गलबार सकिएको केन्द्रीय समिति बैठकका क्रममा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा दाहालले यस्तो बताएका हुन्।
केन्द्रीय सदस्यहरूले पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा नफर्किइ जिम्मी कार्टर जस्तो भएर बस्न भनेका थिए। यसको जवाफमा दाहालले भने, 'उहाँलाई राजनीतिमा मैले बोलाएको होइन, उहाँ आफैँ आउन चाहनुभएको हो।'
पुन केन्द्रीय समितिमा सहभागी भएका थिए। उनी पार्टी उपाध्यक्षकै लाइनमा बसेका थिए। बहुसङ्ख्यक नेताहरूले भने उनलाई सक्रिय पार्टी राजनीतिमा नआउन सुझाव दिएका छन्।
प्रकाशित: २३ पुस २०८१ १७:४७ मंगलबार