१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपाली चलचित्र क्षेत्र धेरै कमजोर: सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरू लागिपरेको बताए।

चलचित्र क्षेत्रमा सुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै रहेको उनको भनाइ थियो। उनले बलिउडको छाया परेर नेपाली चलचित्र उद्योग कमजोर भएको हुनसक्ने पनि उनले धारणा राखे।

उनले भने ‘चलचित्र क्षेत्र सुरुमा भन्दा त धेरै विकास भएको छ । तर अहिले पनि कमजोर नै छ। बलिउडको छाया यहाँ परेर हो की ? चिनियाँ फिल्म इण्डस्ट्रिको त हामीलाई धेरै प्रभाव परेको छैन। सार्कमा इण्डियालाई जित्न नसके पनि अरूलाई त जित्नसक्छौँ । त्यो हैसियत हुनुपर्छ।’ 

भारतीय चलचित्र क्षेत्रलाई जित्न नसके पनि दक्षिण एसियाका अन्य देशहरूमा उत्कृष्ट बन्न सकिनेमा जोड दिँदै उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कानूनहरु सरकारले बनाइरहेको र बाधाका पहाड तोडेर अघि बढ्ने प्रतिबद्धता जनाए।

‘त्यसका लागि नीति, कानूनमा कहाँ कहाँ बाधा छ, त्यो बाधाका पहाडहरू यो वर्ष हामी तोड्छौँ। फिल्म इण्डस्ट्रिको डेभलपमेण्टका लागि के गर्नसक्छौँ त्यो हामी गर्नेछौँ। यति धेरै सुन्दर देश बिरलै पाइन्छ।’ उनले भने।

मन्त्री गुरुङले सरकारले सर्प हिँडाइ नभई भ्यागुतो उफ्राइका रुपमा विकास निर्माणमा काम गरिरहेको उल्लेख गरे।

प्रकाशित: २२ मंसिर २०८१ १६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App