कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेका छन्।
मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीलाई नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री भण्डारीलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
यस मन्त्रालयका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी मुद्दामा मुछिएपछि उनले राजीनामा दिएका थिए। अधिकारीको राजीनामापछि रिक्त रहेको कानुन मन्त्रालयमा मुख्यमन्त्री कार्की भण्डारी नियुक्त गरेका हुन्।
भण्डारी सुनसरीको निर्वाचन क्षेत्र नम्बर-२ को ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
नवनियुक्त मन्त्री भण्डारीले कोशी प्रदेशमा बन्न बाँकी ऐन निर्माण गर्ने र ऐन कार्यान्वयन गर्ने आवश्यक नियमावली निर्माण गर्ने बताएका छन्।
उनले नयाँ कानुन बनाउनुपर्ने भए प्रदेशसभामार्फत पहल लिने प्रतिबद्धता पनि जनाए।
प्रकाशित: १७ मंसिर २०८१ २०:३६ सोमबार