१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनको केही लागेन, माओवादीकी बुढा निर्वाचित

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् ।

त्यहाँ दुई ठूला दलहरू कांग्रेस र एमालेले चुनावी गठबन्धन गरेका थिए तर, जित भने माओवादी केन्द्रकी उम्मेदवार बुढाको भयो ।

बुढाले कांग्रेसको चुनाव चिह्न रुखबाट उठेकी एमाले उम्मेदवार केशकुरमारी तुलाचनलाई पराजित पराजित गर्दै जित निकालिन् । बुढाले तीन हजार ६२७ मत ल्याउँदा एमालेकी तुलाचन दुई हजार १२८ मतमा सीमित भइन् ।

प्रकाशित: १७ मंसिर २०८१ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App