१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थगित भएको बेलका-९ काे मतगणना सुरु

गएरातिदेखि स्थगित बेलका नगरपालिका-९ को मतगणना साँझ सुचारु भएको छ। राति ८:२५ देखि सुरु भएको मत गणना मध्यराति स्थगित भएको थियो। बिहानदेखि बसेको सर्वदलीय बैठकपछि अहिले साँझ ५ बजेदेखि मत गणना सुचारु भएको हो।

गए राति ५ सय मतपत्र गन्दा ३ सय २० मत बदर भएपछि विवाद उत्पन्न भएर गणना स्थगित भएको हो। पटक-पटकको बैठकमा बदर मतको पुन:गणना गर्ने निर्णय भएपछि गणना सुचारु गर्न दलहरु सहमत भएको बताइएको छ।

निर्वाचन अधिकृत मोहन गुप्ताले बदर मतको पुन: गणना गर्ने गरी सहमति जुटेको बताए। 'हिजो गन्दा बदर भएका मतको फेरि गणना गर्ने गरी ५ बजेदेखि काउण्टिङ सुचारु गर्ने सहमति जुटेको छु गुप्ताले भने।

बेलका ९ मा १ हजार ८ सय ८५ मत खसेको छ। पुरुष ८ सय ८० र  महिला १ हजार ५ मत खसेको छ। खसेको मत प्रतिशत ६०.१० हो। त्यहाँ कुल मतदाता सङ्ख्या ३ हजार १ सय ३६ हो।

अधिकृत गुप्ताका अनुसार गणना भएको ५ सय मतपत्रमा एमालेका मोहन खड्का ८५, माओवादीका भरत घिमिरे ८० र काँग्रेसका नवराज बस्नेत ६५ मत पाइरहेका छन्।

बेलका ९ का वडाध्यक्ष पदम खड्काको सवारी दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। वडाध्यक्ष खड्काका कांग्रेसबाट निर्वाचित भएका थिए।

प्रकाशित: १७ मंसिर २०८१ १७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App