डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा माग गरेको छ ।
आफ्नो समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पटक-पटक कारबाहीका लागि सिफारिस गरेको तर, सङ्घीय संसद् सचिवालयले कारबाही नगरेपछि जनमतले सभामुखको राजीनामा माग गरेको हो ।
सोमबार विज्ञप्ति जारी गर्दै जनमतका प्रवक्ता शरदसिंह यादवले सभामुख घिमिरे अमूक पार्टीको कार्यकर्ता बनेर काम गरेको आरोप लगाएका छन् ।
'...सभामुखले कुनै पार्टी विशेषको कार्यकर्ता बनी आफ्नो अधिकार क्षेत्रभन्दा धेरै बाहिर गएर गैरकानुनी, गैरसंवैधानिक र बदुहलीय, संसदीय तथा लोकतन्त्रमाथि नै आँच आपराधिक कार्य गर्नुभएको छ,' विज्ञप्तिमा भनिएको छ ।
जनमतले सभामुखले आफ्नो नाता पर्ने हुनाले पनि पार्टीले सिफारिस गरेको सांसद सापकोटालाई कारबाही नगरेको औँल्याएको छ ।
जनमतले सांसद लाभले पार्टी फुटाउनेसम्मको कार्य गर्न खोजेकाले साधारण सदस्यसमेन नरहने गरी कारबाही गरेको छ ।
प्रकाशित: १७ मंसिर २०८१ १४:२४ सोमबार