१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थगित भएको बेलका-९ को मत गणना अझै भएन सुरु

उदयपुरको बेलका नगरपालिका-९ को स्थगित मतगणना अझै सुचारु हुनसकेको छैन । गएको मध्यराति स्थगित भएको गणना सुचारु गर्न अहिले सर्वदलीय बैठक भइरहेको छ।

राति १२: ०० बजेसम्म गणना भएको ५ सय मतपत्रमध्ये २ सय २० बदर भएपछि विवाद भई गणना स्थगित भएको निर्वाचन अधिकृत मोहन गुप्ताले बताएका छन्। 'बदर मत धेरै भएको चन्दै विवाद उत्पन्न भएपछि गणना रोकिएको हो' गुप्ताले भने, 'सुचारु गर्न बैठक बसिरहेका छौँ, छिट्टै सुचारु गर्छौँ।'

गणना गरेको ५ सयमा एमालेलाई ८५ मत परेको छ भने माओवादीले ८० तथा कांग्रेसलाई ६५ मत परेको छ। त्रिदलीय प्रतिस्पर्धामा एकले अर्काको मत बदर होस् भन्ने मनसायले विवाद उत्पन्न भएको जानकारहरु बताउँछन्।

बेलका ९ मा १ हजार ८ सय ८५ मत खसेको छ । जसमा पुरुष ८ सय ८० र  महिला १ हजार ५ मत छ । बेलका ९ को मतदान प्रतिशत ६०.१० हो । त्यहाँको कुल मतदाता सङ्ख्या ३ हजार १ सय ३६ हो ।

प्रकाशित: १७ मंसिर २०८१ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App