१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

गढी ६ मा कांग्रेस विजयी, नाउपा उम्मेदवारले पाए एक मत

सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु विजयी भएका छन्। उनी ८१६ मत ल्याएर विजयी भएका हुन्। 

निकतम प्रतिद्वन्दी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ७९४ मत ल्याए भने एमाले उम्मेदवार सन्तु उरावले ७७० मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कविता उरावले ८७, राष्ट्रिय स्वतन्त्र पार्टीका शशीकुमार साहुल ३३, जनता पार्टीका सीताराम यादवले ३० मत पाएका छन्। 

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजोदेवी ऋषिदेवले ११, समावेसी समाजवादी पार्टी नेपालका योगनारायण ऋषिदेवले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वच्चालाल यादवले १०, स्वतन्त्र उम्मेदवार श्यामदेव महत्तोले तीन, राम नारायण यादवले दुई र नागरिक उन्मुक्ति पार्टीका तेजनारायण मुसहरले एक मत प्राप्त गरेका छन्। 

गढी–६ मा कुल तीन हजार ६२२ मतदाता रहेकोमा दुई हजार ६४५ मत खसेको थियो। २०७९ सालको स्थानीय तहको निर्वाचनमा यस वडाबाट एमालेका षडानन्द उराव ७१२ मत ल्याएर विजयी भएका थिए। उनको निधनपछि निर्वाचन भएको हो।

प्रकाशित: १७ मंसिर २०८१ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App