१७ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

त्रियुगामा माओवादी विजयी

उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नवीनकुमार बान्तवा राई ९२३ मत प्राप्त गरेर विजयी भएका छन्। 

राईले एमालेका लक्ष्मीनारायण चौधरीभन्दा ३१५ मत र कांग्रेसका सञ्जिव काफ्लेसँग ५६४ मतको अन्तर राखेर जित हासिल गरेका हुन्। एमालेका चौधरीले ६०८ मत प्राप्त गरे भने कांग्रेसका काफ्लेलाई ३५९ मत पाएका छन्। एकीकृत समाजबादीकी निर्मला चौधरीले ३१२ मत प्राप्त गर्दै चौथो स्थानमा रहिन्।

रास्वपाका ध्रुवप्रसाद कोईरालालाई २०२ मत र स्वतन्त्र उम्मेदवार वजरङ्गवली दासलाई ३० मत प्राप्त भएको छ। उपनिर्वाचनमा कुल २,५२७ मत खसेको थियो, जसमा ६६.६७ प्रतिशत मतदान भएको थियो। 

प्रकाशित: १७ मंसिर २०८१ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App