राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेको बयान सुरु भएको हो।
पोखराबाट हिजो काठमाडौं ल्याइएका लामिछानेलाई कार्यालय सुरु भएसँगै बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो। सरकारी वकील र प्रहरी अनुसन्धान अधिकृतले लामिछानेसँग अहिले बयान लिइरहेका छन्।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि लामिछाने मुछिएकाले उनलाई थप बयानका लागि काठमाडौं ल्याइएको हो।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। लामिछाने विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ।
प्रकाशित: १४ मंसिर २०८१ १२:२१ शुक्रबार