९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

.

फाइल तस्बिर।

राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

राष्ट्रपति पौडेलले उपनिर्वाचनलाई सुरक्षित, भयमुक्त र शान्तिपूर्ण बनाउन नेपाली सेना परिचालन गर्ने निर्णयलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्को मङ्सिर ६ गतेको निर्णय र प्रधानमन्त्रीको सिफारिसअनुसार संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति प्रदान गरिएको हो।

प्रकाशित: ९ मंसिर २०८१ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App