१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

उपनिर्वाचनका लागि मतपत्र छापिए, निर्वाचन सामाग्री सम्बन्धित क्षेत्रमा पठाइयो

मंसिर १६ गते हुने पालिकाको उपनिर्वाचनका लागि चाहिने मतपत्र छपाइको काम सकिएको छ। उपचुनावका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको हो। हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र छापिएका छन्। मतपत्र छाप्ने काम हिजो सकिएको निर्वाचन आयोगले जनाएको छ। 

मतपत्र छापिएसँगै निर्वाचनहुने स्थानमा मतपत्रसहितका आवश्यक निर्वाचन सामग्री पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरेर मतपत्र छापिएका हुन्। निर्वाचन आयोगकाअनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन्। 

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती पनि निर्विरोध निर्वाचित भएका छन्। उपचुनावका लागि एक सय ६२ मतदान स्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ । 

प्रकाशित: ९ मंसिर २०८१ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App