६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका  सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ।

पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए। 

राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । गत १६ असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल  भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग द्विवेदीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रकाशित: ६ मंसिर २०८१ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App