५ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

कपिलवस्तुमा फिर्ता लिएनन् उम्मेदवारी, ४ स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

कपिलवस्तुको सुद्धोधन गाउँपालिका वडा नम्बर १ मा हुने उप निर्वाचनमा १४ जना मध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।

गत मंसिर २ गते उम्मेदवारी दिएका १० दल र ४ स्वतन्त्र उम्मेदवारको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले नामावली प्रकाशन गरेको हो।

सहायक निर्वाचन अधिकृत अमर ओलीले कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएको बताए। निर्वाचन अधिकृतको कार्यालयले ४ स्वतन्त्र सहित १४ जनालाई नै निर्वाचन चिन्ह प्रदान गरेको छ। स्वतन्त्र उम्मेदवारहरू अब्बल फकीरले ग्यास सिलिन्डर,अब्दुल मुयीद मुसलमानले चील, पुजारी थारुले अर्ना र सर्वजित मल्लाहले चापाकल चिन्ह पाएका छन्।

कांग्रेसबाट दिनेश कुमार यादव, नेकपा एमालेबाट माहोम्म ताहिर मसुलमान, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट रफि माहोम्मद मुसलमान जनमत पार्टीबाट सिताराम पटेल कुर्मी , जसपा नेपालबाट राम बहादुर कुर्मी चौधरी, रास्वपाबाट अवधेश कुमार चौधरी जसपाबाट रमेश कुमार पाण्डेय उम्मेदवार बनेका छन्।

राप्रपाले ईनताज अहमद धोबी, नागरिक उन्मुत्ती पार्टीबाट सुर्य कुमार चौधरी थारु नेपाल कम्युनिस्ट पार्टी एकीकृतबाट सुब्वा थारु उम्मेदवार रहेका छन्। ४ हजार ८६८ मतदाता रहेको सो वडामा निर्वाचनका लागि ३ स्थानमा ६ वटा मतदान केन्द्र कायम गरिएको छ। उम्मेदवारहरूले प्रचारप्रसाद अभियानमा तीव्रता दिएका छन्। कांग्रेसको तर्फबाट वाडध्यक्षमा निर्वाचित तिलराम यादवको निधन भए पछि उप निर्वाचन हुन लागेको हो। गत निर्वाचनमा १ जना स्वतन्त्र सहित १० जना उम्मेदवार रहेका थिए। 

प्रकाशित: ५ मंसिर २०८१ १८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App