९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्दैछौं: मन्त्री दाहाल

.

.

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानुनी प्रबन्ध गर्न लागिएको बताएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन्। उनकाअनुसार ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको उल्लेख गरे।

उनले ४९ टन भन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रुपमा रोक लगाउने गरी आवश्यक प्रबन्ध गर्न लागेको सुनाए।

छिमेकी मुलुकहरुको बाटोबाट आएका सामानहरुलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने बताउँदै उनले सरकारले अब कडाइका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानुनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गरे।

प्रकाशित: ४ मंसिर २०८१ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App