३ मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

मनोनयन दर्ता गराएका उम्मेद्वारविरुद्ध आज उजुरी दिन सकिने

आइतबार स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेद्वारविरुद्ध आज उजुरी दिन सकिने छ। निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने छ। 

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। 

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन्। कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर भोलि उम्मेदवारको नामावली प्रकाशित गर्नेछ। नामावली प्रकाशन भएपछि बुधबार उम्मेद्वारले नाम फिर्ता लिन सक्नेछन् भने बुधबार नै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ।

प्रकाशित: ३ मंसिर २०८१ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App