राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
राष्ट्रपति पौडेलले लेखेका छन्, 'पूर्व सभामुख दमननाथ ढुंगानाको निधनले मर्माहत भएको छु।राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुंगानाले लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको योगदान सँधै स्मरण हुनेछ। प्रिय ढुंगानाप्रति श्रद्धान्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु।'
प्रकाशित: २ मंसिर २०८१ १६:३० आइतबार