सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरूले भेटेका थिए । जसलाई ‘हिरासत मिटिङ’ भनेर अहिले चर्को आलोचना भइरहेको छ ।
सभापति पक्राउविरुद्ध सुरु देखि नै सडकमा आन्दोलन गरिरहेका रास्वपालाई आन्दोलनको औचित्य पुष्टि गर्न समस्या भइरहेका बेला पार्टीका दुई उपसभापति डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले र कार्यबहाक प्रवक्ता मनिष झा लगायतका नेताले भेटेका थिए । भेटको कारण आन्दोलनको आगामी रणनीतिबारे रहेको तथ्य लुकेको छैन । तर, हिरासतभित्र पार्टीको बैठक बसेको भन्दै अन्य दलहरूले आलोचना गरिरहेका छन् ।
सोही बैठकपछि रास्वपाले मंगलबार पार्टीको धारणा सार्वजनिक गरेको छ । ‘हिरासतमा रहनुभएका सभापति रवि लामिछानेसँग गरिएको अनौपचारिक संवादमा आधारित रही केन्द्रीय समितिद्वारा तयार पारिएको सन्देश’ शीर्षक दिएर सार्वजनिक गरेको धारणामा पनि रविको पक्राउ राजनीतिक प्रतिशोध नै रहेको भन्दै उल्लेख गरिएको छ ।
‘....हाम्रो यो यात्राले नयाँ राजा बन्न उद्धत शासकहरूको मनमा कसरी ढ्याङ्ग्रो बजेको छ भनेर भनिराख्नु पर्दैन,’ उक्त धारणा पत्रमा भनिएको छ,‘ त्यही डरको प्रतिध्वनि हो पार्टी सभापति रवि लामिछाने विरुद्धको राजनीतिक प्रतिशोध।’
पूर्ण पाठ पढ्नुहोस्
प्रकाशित: २७ कार्तिक २०८१ १३:४८ मंगलबार