सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ।
कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको हो। केही समयअघि मात्र रवि रहेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवातर्फ उडेको छ।
बिहान ७ बजे जहाज उड्ने तय भएपनि खराब मौसमका कारण १२ बजेपछि मात्रै उडेको हो।
रविविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ।
प्रकाशित: २७ कार्तिक २०८१ १२:२४ मंगलबार