६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

मंसिर १६ उपनिर्वाचनको तयारी भईरहदा दैलेखको महावु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चलखेल देखिएको छ।गाउँपालिका अध्यक्षको उपनिर्वाचन हुने तयारी भईरहदाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चलानी नम्वर नराखेरै प्रमुख प्रशासकिय अधिकृतको सरुवा पत्र पठाएको हो।

चुनाव नजिकिदै गर्दा मन्त्रालयबाट सरुवा चलखेल हुन थालेको भन्दै गाउँपालिकाले हाजिर नगराउने पत्र पठाएसंगै विवाद सतहमा आएको छ।गाउँपालिकामा कार्यरक्त प्रमुख प्रशासकिय अधिकृत उदयराज उपाध्यायलाई दैलेखकै भैरवी गाउँपालिकामा मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेको हस्ताक्षर भएको सरुवा पत्रमा विना चलानी नम्वर राखेर पठाईएको छ।

यसअघि पनि महावु गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा काम गरिसकेका भलाराम पंगालीलाई मन्त्रालयले कात्तिक १२ गते सरुवा पत्र पठाएपछि गाउँपालिकाका (कावा) अध्यक्ष मञ्जु शर्मा (पाण्डे) ले हाजिर गराउन नसक्ने ब्यहोराको पत्र कात्तिक १४ गते पठाएकी छिन् । महावुमा यसअघि पनि काम गरेका पंगालीले अध्यक्ष लक्षुमण गुरुगसंग आफ्नो कार्यकाल विवादित भएपछि छोटो समयमै सरुवा भएका थिए ।फेरी निर्वाचनको नजिक भलाराम पंगाली महावुमा सरुवा भएर आएपछि विवादित भएका छन् ।

 गाउँपालिकाका (कावा) अध्यक्ष पाण्डेले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकिय अधिकृतले काम गरिरहेको बेला सहमति नदिएर नयाँ प्रशासकिय अधिकृत पठाएको भन्दै गम्भिर ध्यानआर्कषण भएको भन्दै कामकाजमा खटाउन नसकिने ब्यहोराको पत्र पठाएकी हुन् । 

‘चुनाव नजिकिदै गरेको बेला राजनितिक प्रतिशोधपूर्ण रुपमा प्रमुख प्रशासकिय अधिकृत सरुवा गरिएको छ ।’ कावा अध्यक्ष पाण्डेले भनिन् - प्रमुख प्रशासकिय अधिकृत रित नभएको र सहमति नलिई नयाँ हाकिम पठाउने कार्य भएकाले हाजिर गराउन नसक्ने पत्र मन्त्रालयमा पठाएको छु ।’ पंगाली एमाले नजिकका भएकाले चुनावमा सहयोग हुने अपेक्षाले सरुवा गरेको हुनसक्ने आंकलन समेत गरिएको छ । पंगाली यसअघि सिम्ता गाउँपालिकामा हुँदा पनि आन्तरिक कमर्चारी ब्यवस्थापनमा अध्यक्षको ईसारामा गरेको भन्दै धेरै कर्मचारीहरु असुतुष्ट थिए ।  

नेपाली काँग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएपछि गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

 महावु गाउँपालिका दैलेखको कार्यालय र, गाउँपालिका कावा अध्यक्ष मञ्जु शर्मा पाण्डेले मन्त्रालयलाई पठाएको पत्र । 

 

प्रकाशित: २५ कार्तिक २०८१ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App