१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

सांस्कृतिक पर्वलाई भाँड्ने क्रियाकलाप हुनु हुँदैन:प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई भाँड्ने  क्रियाकलाप कसैले पनि गर्न नहुने बताएका छन्। नेपाल संवत् नयाँ वर्ष ११४५ का अवसरमा आज मूल समारोह समितिले काठमाडौँको वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै यज्ञ चलिरहेका बेला बाँदर आएर यज्ञ बिथोले जस्तै हाम्रा संस्कृतिक चाँड र पर्वलाई बिथोल्ने प्रयास कसैले पनि गर्न नहुने बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयनका लागि आफुले पहल गर्ने बताए। 

राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता यस क्षेत्रका मागका विषयमा सरकारको ध्यानाकर्षण भएको बताए। 

उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको रु १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले १५ लाख रुपैयाँ रकम दिएको जानकारी गराए। प्रधानमन्त्री ओलीले यसअघि ललितपुरको मङ्गलबजार र भक्तपुरको नयाँ थिमीमा आयोजित नेपाल संवत्नका अवसरमा आयोजित कार्यक्रममा पुगेर  शुुभकामना व्यक्त गरेका थिए।

प्रकाशित: १७ कार्तिक २०८१ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App