१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

सभामुखद्वारा नेपाल संवत् ११४५ को शुभकामना

सभामुख देवराज घिमिरेले नेपाल संवत् ११४५ को अवसरमा नयाँ वर्ष नेपाल संवत् ११४५ ले सबै नेपालीहरूको जीवनमा सफलता, नयाँ उत्साह र उमङ्ग ल्याउन प्रेरणा प्रदान मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। सभामुख घिमिरेले  जारी गरेको शुभकामना सन्देशमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाल संवत्को नयाँ वर्षले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास लिएका छन्।

“नेपाल संवत् ९नेवाः संवत् नेपालको प्रमुख परम्परागत संवत् हो, जसले नेपालको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई प्रतिनिधित्व गरेको छ,यो संवत् मूलतः नेवार समुदायको आर्थिक स्वतन्त्रता र उनीहरूको समाज सुधारको ऐतिहासिक प्रसङ्गसँग जोडिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “नेपाल संवत् विशेषतः नेवार समुदायमा लोकप्रिय छ, यसको आधारमा विभिन्न सांस्कृतिक पर्वहरू, जात्रा, र रीतिरिवाज मनाइन्छन्, नेपाल संवत्को  नेपालको मौलिकता र सांस्कृतिक समृद्धिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।”

विसं २०६५ मा राष्ट्रिय मान्यता पाएको नेपाल संवतलाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवत् रूपमा स्थापित गर्न जरुरी भएको र हरेक मौलिक परम्परा तथा संस्कृतिको जर्गेना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व सन्देशमा उल्लेख गरिएको छ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल  संवतलाई नेपालको मौलिक संवत्को  रुपमा लिइन्छ । नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालमा सरकारले शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। रासस

प्रकाशित: १७ कार्तिक २०८१ ०८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App