१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

पार्टी भित्रको तानाशाही शैलीविरुद्ध उभिन नेता भीम रावलको आव्हान

नेकपा एमालेका नेता भीम रावलले तानाशी नेतृत्वविरुद्ध प्रतिवाद गर्न आव्हान गरेका छन्। इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्तालाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने कार्यको विरोध गर्न आव्हान गरेका हुन्।

रावलले सामाजिक सञ्जाल एक्समा पार्टीभित्रको तानाशाही शैलीको प्रतिवाद गर्न आह्वान गरेका हुन्।

सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने कार्य भइरहेको भन्दै पूर्व उपाध्यक्ष समेत रहेका रावलले आपत्ति जनाएका छन्।

उनले लेखेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरुपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्याय प्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ।’

पार्टीले जग्गा दान लिएको विषयमा आलोचना गरेपछि रावलसहितका नेतालाई एमालेले स्पष्टिकरण सोधेको छ।  

प्रकाशित: १२ कार्तिक २०८१ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App