१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

जे गरौं, जताबाट गरौं, देश र जनताका लागि गरौं: अध्यक्ष नेपाल

<br>

<br>

नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले देश र जनताको लागि कार्य गर्न सबैलाई आह्वान गरेका छन्।

शनिबार भक्तपुरमा छन्दविज्ञान निरौलाद्वारा लिखित ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’  पुस्तकको विमोचन गर्दै उनले भने, ‘सक्नेले सक्ने ठाउँबाट देश र जनताको हितमा काम गर्नुपर्छ। जे गरौं, जताबाट गरौं, देश र जनताका लागि गरौं।’

अध्यक्ष नेपालले सबैले आ-आफ्ना तर्फबाट विषेश योगदान पुर्‍याउन सकिने जिकिर गरे। ‘कसैले किताब लेखेर पनि देश र जनताको हितमा योगदान गर्न सक्छ। हामी सबैसँग फरक-फरक क्षमता र दक्षता छ।’ उनले सुनाए।

यसै क्रममा कार्य गर्नका लागि तीव्र गतिमा अघि बढ्न सकेमा आफैं गर्न वा गर्नेलाई सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए।

सार्वजनिक पुस्तक समग्र अध्ययन अनुसन्धान केन्द्र नेपालबाट प्रकाशित गरिएको हो। यो पुस्तक तीन अध्यायमा विभाजित छ। नेपालको इतिहास, विशेषगरी सोलुखुम्बु जिल्लाको इतिहासबारे विस्तृत जानकारी प्रदान गर्दछ। पुस्तक तीन सय ८२ पृष्ठको छ र यसको मूल्य पाँच सय ५० रुपैयाँ राखिएको छ।

प्रकाशित: १० कार्तिक २०८१ १६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App