८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

रविलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

तस्बिर: युनिस गुरुङ/एएफपी

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

विहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे।

प्रहरीले म्याद थपका लागि लामिछानेलाई बिहीबार अदालतमा पेश गरेको थियो। अदालतले लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे। अदालतले दिएको पहिलो ६ दिनको समय बुधबार सकिएको थियो। 

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो। उनको रिहाईको माग गर्दै विहीबार पनि पोखराका विभिन्न सडकमा प्रदर्शन भइरहेका छन्। 

उनीसँगै हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि आलतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सहकारी ठगीमै पक्राउ परेकी लीला पछाइको पनि ७ दिन नै म्याद थप भएको छ। 

प्रकाशित: ८ कार्तिक २०८१ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App