काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल भारतसँग ल्याण्डलिंक मात्र नभइ वाटरलिंक हुने बताएका छन्।
भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री ओलीले शनिबार हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मलेनलाई सम्बोधन गर्दै पूर्वाधार र कनेक्टीभिटीले विकासको गतिलाई अगाडि बढाउने बताए।
समृद्धि हाम्रो साझा लक्ष्य हो, उनले भने,‘हाम्रा साझा विषयहरूमा छिमेकसँग सहकार्य हुनेछ। उनले नेपाल समृद्धिकाे दिशामा अघि बढ्न लागेकाे बताउँदै नेपालका जनता खुशी र देश विकसित हुने बताए । नेपाल र भारतबीचकाे मित्रता सदियाैँदेखि रहेकाे बताउँदै उनले मित्रता नै ठूलाे कुरा रहेकाे उल्लेख गरे।
उनले तीन तहकाे चुनाव सफलतापूर्वक सम्पन्न भएकाे बताउँदै समकक्षी माेदीलार्इ नेपाल भ्रमणकाे निम्ताे दिएका छन्।
प्रकाशित: २४ चैत्र २०७४ ०८:२५ शनिबार