७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अदालत पुगेको विषयमा प्रदर्शन नगर्न कास्की प्रशासनको आग्रह

पोखरामा बक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ

कास्की प्रशासनले शान्ति सुव्यवस्था खलल नपार्न सर्वसाधारणलाई आग्रह गरेको छ।प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सहकारी पीडित र रास्वपाका नेता कार्यकर्तालाई संयम अपननाएर कार्यक्रम गर्न आग्रह गरेका हुन्। 

रास्वपाका नेता–कार्यकर्ता र सहकारी पीडितहरु प्रदर्शनमा उत्रिने भएपछि प्रजिअ पाण्डेले सुरक्षा संवेदनशीलतालाई ध्यान दिन अनुरोध गरेका छन्। उनले दुवै पक्षलाई अनुसन्धानमा सघाउन पनि भनेका छन्।मुद्दाको विषय अदालतमा प्रवेश गरिसकेको भन्दै उनले अदालतको निर्णयलाई सबैले मान्नुपर्ने सुझाएका छन् ।

प्रजिअ पाण्डेले लोकतान्त्रिक अभ्यास गर्दा अरुलाई असर नपरोस् भन्ने तर्फ पनि ख्याल गर्न अनुरोध गरेका छन्।रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लैजाने क्रममा दुवै पक्षबाट हुन सक्ने प्रदर्शनका कारण अप्रिय अवस्था सिर्जना नहोस भनेर प्रशासनले पोखरामा सुरक्षा तैनाथी समेत बढाएको छ।

प्रशासनले राष्ट्र बैंक चोक र शहीद चोकमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो परिचालन गरेको छ।रवि पक्राउको विरोधमा रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गर्दै आएको छ।

हरेक जिल्लाबाट कम्तीमा एक सय जनालाई पोखरामा भेला हुन रास्वपाले सर्कुलर जारी गरिसकेको छ।

यसैगरी सहकारी पीडितहरुले पनि न्याय माग्दै दबाबमूलक प्रदर्शन गर्न सार्वजनिक आह्वान गरेका छन्।पीडितका पक्षमा उभिन कांग्रेस र एमालेले पनि कार्यकर्तालाई निर्देशन दिएका छन्।सहकारी पीडित र रास्वपा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिँदा तनाव सिर्जना हुन सक्ने भएकाले पोखराको सुरक्षा व्यवस्था अहिले चूस्त पारिएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App