३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

रवि पक्राउपछि पोखरामा रास्वपाको नारा: सहकारी पीडितलाई न्याय दे !

पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीका सबैजसो नेता कार्यकर्ता पोखराकेन्द्रीत भएका छन् । 

पार्टी नेता कार्यकर्ताहरू शनिवार बिहानैदेखि पोखरामा प्रदर्शन र नाराबाजी गरिरहेका छन् । बिहानैदेखि पोखरामा भेला भएका रास्वपाका नेता÷कार्यकर्ता चर्को स्वरका सरकारको विरोध गरिरहेका छन् । रास्वपाका नेता कार्यकर्ताले बिना कारण सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाइरहेका छन् । 

प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिदैन्, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन् ।  

सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रास्वपा सभापति लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ गर्ने अनुमति दिएपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । उनलाई रातारात कास्की प्रहरीको हिरासतमा पुर्‍याइएको छ । प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेसँगै रास्वपाका नेताहरू पनि पोखरा गएका थिए । 

प्रकाशित: ३ कार्तिक २०८१ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App