२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भारत र चीनसँगको सम्बन्ध समान हुनुपर्छ: नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।

उनले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन।

शनिबार काठमाडौंमा आयोजित नेपाल–भेनेजुएलामैत्री संघ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे।

उनले विश्व राजनीति एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्नेमा जोड दिए।

देशको राष्ट्रिय हितलाई केन्द्र विन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ।

श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति नेपालले अवलम्बन गर्दै आएको र त्यसमा कति पनि विचलित हुन नहुने जनाए। 

प्रकाशित: १९ आश्विन २०८१ १५:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App