१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा एसिया कोअपरेसन डायलोग (एसीडी) को तेस्रो सम्मेलनमा भाग लिएर स्वदेश फर्किएकी छन्। कतारको दोहामा आयोजित सो सम्मेलनमा सहभागिता जनाई शुक्रबार अपराह्न उनी स्वदेश फर्किएकी हुन्।

परराष्ट्रमन्त्री राणाले यसअघि क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक र अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा बैठकमा पनि सहभागिता जनाएकी थिइन। कतारको सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार पुगेकी हुन्।

उनले आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने दृष्टिकोणले सफल भएको उल्लेख गरिन्। उनले भने, “कतारमा भएको एसीडीमा दुई मुख्य विषयमा छलफल भयो-एआई र एसियामा भइरहेको द्वन्द्व। अन्तर्राष्ट्रिय जगतले पनि यी विषयमा चासो देखाएको छ। साथै, स्पोर्ट्स डिप्लोमेसीको सन्दर्भमा मैले नेपालमा पर्वतारोहण र वाटर राफ्टिङको ठूलो सम्भावना रहेको कुरा उठाएँ, जसमा नेपाल नेतृत्व लिनसक्छ।” 

परराष्ट्रमन्त्री राणाले विदेश भ्रमणका क्रममा विभिन्न मुलुकका समकक्षीहरूसँग द्विपक्षीय हितका विविध विषयमा पनि छलफल गरेको सुनाइन्।

प्रकाशित: १८ आश्विन २०८१ १८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App