१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र, राजकुमारी वाङचुकले गरिन् स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह भ्रमणका लागि छिमेकी मुलुक भुटान पुगेका छन्।

बिहीबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकी राजकुमारी पेम ल्हादेन पेम पेम वाङचुकले शाहलाई स्वागत गरेकी छिन्।

राजाको निमन्त्रणमा ज्ञानेन्द्र भुटान गएको बताइएको छ। ज्ञानेन्द्रको भुटान भ्रमण निजी भएको उनका प्रेस सचिव फणिराज पाठकले बताएका छन्।

तर निजी भनिए पनि ज्ञानेन्द्रको भुटान भ्रमण राजनीतिक रहेको स्रोतको दाबी छ। भुटानी राजामार्फत पूर्वराजा ज्ञानेन्द्रले त्यहाँ केही राजनीतिक भेटघाट गर्ने निकट स्रोतको दाबी छ। त्यस क्रममा नेपालको राजनीतिक घटनाक्रमसहितका विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

यो पनि पढ्नुहोस्

किन भुटान जाँदै छन् पूर्वराजा ज्ञानेन्द्र ?

प्रकाशित: १७ आश्विन २०८१ १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App