१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

चिली जाँदै उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भोलि बुधबार कतार एयरलाइन्सको विभानबाट मध्यराति दक्षिण अमेरिकाको चिली प्रस्थान गर्दै छन्।

चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरुका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने थर्ड ग्लोबल कन्भेन्सन अफ दि प्रोग्रेसिभ एलाइन्सको उक्त सम्मेलनमा अध्यक्ष यादवको नेतृत्वमा जसपा नेपालको अन्तर्राष्ट्रिय विभाग प्रमुख अर्जुन थापासहितको प्रतिनिधिमण्डल समेत चिली प्रस्थान गर्न लागेको हो।

अध्यक्ष यादवसहितको उक्त प्रतिनिधिमण्डल असोज २४ गते राति कतार एयरलाइन्सबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: १५ आश्विन २०८१ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App