१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कार्यकर्ता भर्ती गर्न उपसभामुखविरुद्ध महाअभियोग लगाउँदैछन्ः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्‌मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै विरोध जनाएका छन्।

मंगलबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरू संवैधानिक अङ्गहरूमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको जिकिर गरे।

उनले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरू सच्चिने बाटोमा नगएको सुनाए। राजनीतिक दलहरू फेरि पनि जति सकिन्छ लुटौं, खाऔं भन्ने बाटोमा गइरहेको आरोप लगाए।

उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको सुनाए। अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने उल्लेख गरे।

उनले आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनैपनि अग्नि परीक्षा दिन तयार रहेको बताए।

प्रकाशित: २५ भाद्र २०८१ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App