७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बिपी जयन्तीमा चितवन कांग्रेसले १७१ जनालाई सम्मान गर्ने

नेपाली कांग्रेस चितवनले १११ औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङसहित छ जनालाई बिशिष्ट सम्मान गर्न लागिएको हो ।

बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलसहित ४१ जनालाई मरणोपरान्त र जिल्लाका ९८ वटा वडाबाट सिफारिस भई आएका  १२५ जनालाई सम्मान गर्न लागिएको खनालले जानकारी दिए ।

पार्टीका महामन्त्री गगनकुमार थापा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

यसअघि नेपाली कांग्रेस चितवनले गत वर्ष बिपी जयन्तीमा कांग्रेस नेता डा शेखर कोइरालाको उपस्थितिमा ९० जना र अघिल्लो वर्ष बिपी जयन्तीका अवसरमा पार्टी सभापति शेरवहादुर देउवाको उपस्थितिमा १८३ जनालाई सम्मान गरेको थियो ।खनालले भने, ‘पार्टीमा बिशिष्ठ योगदान पु¥याएकाहरुलाई सम्मान गरेर उहाँहरुमा ऊर्जा थप्ने काम गरेका छौँ ।’  

प्रकाशित: २३ भाद्र २०८१ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App