४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली दूतावासहरूमा राहत तथा उद्धार कोषको स्थापना अनिवार्य: साउदीका प्रस्तावित राजदूत ढकाल

साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकालले नेपाली दूतावासहरूमा राहत तथा उद्धार कोषको स्थापना अनिवार्य रूपमा गर्ने व्यवस्था मिलाउनु पर्ने बताएका छन्।

संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्य योजना प्रस्तुत गर्दै ढकालले श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयले उक्त कुराको व्यवस्था अनिवार्य रुपमा गर्नु पर्ने धारणा राखेका हुन्।

सिप नजानी विदेश जाँदा अधिकांश नेपालीले दुःख पाइरहेका चर्चा गर्दै उनले आधारभूत कुराको जानकारी भए नभएको यकिन गरेर मात्र विदेश पठाउनु पर्ने बताएका हुन्।  वैदेशिक रोजगारीमा जाने र पठाउने दुवै पक्षले जानुपूर्व आवश्यक भाषिक सीप, आधारभूत कार्यगत सीप वा ज्ञान अनिवार्य रहेको उनको भनाइ थियो।

साउदी अरेबियाबाट मृत्यु भएका व्यक्तिका शव छिटो नेपाल ल्याउन पहल गर्ने बताउँदै प्रस्तावित राजदूत ढकालले स्थानीय कानुनी जटिलताका कारण शव नेपाल ल्याउन धेरै समय लाग्ने भएकाले दूतावासबाट खर्च गर्न सकेमा छिटो हुन सक्ने बताए। कार्य प्रकृतिका आधारमा रोजगारमा जान संवेदनशीलता हेरेर कडाइ र रोक लगाउने व्यवस्था गर्नुपर्ने समेत जनाएका छन्।  

उनले आफ्नो कार्ययोजनामा श्रमिकका विभिन्न १५ वटा समस्या औंल्याउँदै समाधानकाे बाटो समेत उल्लेख गरेका छन् । 

ढकाल यमन तथा सोमालियाका लागि गैर आवासीय राजदूतका रूपमा समेत प्रस्तावित हुन्।

प्रकाशित: १९ भाद्र २०८१ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App