१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अमेरिकाले आतंकवादीको सूचीमा राखेपछि क्युबामा जनजीवन कष्टकर : कार्यवाहक राजदूत डिपेग्नी

नेपालका लागि क्युबाका कार्यवाहक राजदूत अवेल अवेली डिपेग्नीले अमेरिकाले आतंकवादीको सूचीमा राखेपछि असाध्यै कष्ट र संघर्षमा बाँचिरहेको बताएका छन् ।

काठमाडौंमा सोमबार नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेसहितको प्रतिनिधिमण्डलसँगको भेटमा कार्यवाहक राजदूत डिपेग्नीले क्युबा र क्युबाका जनताको पक्षमा बोलिदिन आग्रह गरेको भेटमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । 

अमेरिकाले घोषणा गरेको आतंककारी मुलुकको सूचीबाट हटाउने विषयमा ऐक्यवद्धता जनाइदिन एकीकृत समाजवादीलाई उनको अनुरोध थियो । राजदूत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकिकन वर्षौँदेखि भिडिरहेको बताएका थिए ।  

भेटमा कार्यबाहक अध्यक्ष पाण्डेले राजदुत अवेलीको प्रस्तावलाई गम्भीर रूपमा लिएको बताउँदै आफूहरू क्युबाली जनताको स्वतन्त्रा, सार्वभौमिकताको पक्षामा रहेको स्पष्ट पारेका थिए ।  

अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राख्नु अस्वभाविक भएको चर्चा गर्दै कार्यवाहक अध्यक्ष पाण्डेले अमेरिकी सरकारसँग क्युबालाई आतंककारी देशको सूचीमा नराख्न अपिल गर्ने आश्वासन दिएका थिए । 

उनले भने, ‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ। त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न र थप घनिष्ठ सम्बन्ध राख्न चाहान्छ। हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्वगर्छौँ। शक्तिशाली देश अमेरिकाको नजिकै रहेको समाजवादी देश क्युबाले साम्राज्यवादी विरूद्ध दृढतापूर्वक शिर ठाडो पारेर लडिरहेको प्रति गर्व गर्छौं ।’  

अमेरिकाले आतंकवादीको सूचीमा राखेपछि क्युबाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको छ। 

भारतका लागि कार्यवाहक राजदूत डिपेग्नी नेपालका लागि गैरआवासीय कार्यवाहक राजदूत हुन् । 

प्रकाशित: १७ भाद्र २०८१ १७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App