२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

कृषि मन्त्रीले गरे मन्त्रालयको कर्मचारी समस्या समाधान

सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूको माग सम्बोधन गर्ने गरी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले २०७५ साल देखि गिजोलिएको विषय समाधान गर्दै १ सय २९ कर्मचारी समायोजनका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजनपछि पनि विभिन्न बहानामा संघमै रहेका कर्मचारीहरूले आफूहरूको वृत्ति विकासमा बाधा पुगेको भन्दै आन्दोलन गरेका थिए ।

वर्तमान कृषि मन्त्री रामनाथ अधिकारीले कार्यभार सम्हालेकै दिन कर्मचारीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएका थिए । मन्त्री अधिकारीकै पहलमा बिहीबारको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालय अन्तर्गत उपसचिव, सहसचिव र शाखा अधिकृतका लागि १ सय २९ दरबन्दी समायोजन प्रस्तावलाई स्वीकृत गरेको छ ।  

प्रकाशित: १३ भाद्र २०८१ २१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App