२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्षविच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले विहिबार शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विहिबार नै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ ।

अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा(सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित: ६ भाद्र २०८१ २२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App