६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुस्: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया सङ्ग्रहालय शुभारम्भ गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठुलो समस्या सुशासन रहेको बताए ।

सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताए। उनले  जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने बताए । उनले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको सरकारको भएको बताए । मन्त्री गुरुङले भ्रष्टाचार भइरहने, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताए । सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भुमिका खेल्नुपर्ने बताए।

सञ्चार मन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको बताए । नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताए । सञ्चारमाध्यम सरकारको आलोचनासँगै सत्य तथ्यमा आधारित हुनुपर्ने बताए । उनले सरकारको भजन गाउनु नपर्ने भन्दै भ्रष्टाचारको ढाकछोप नगर्न पनि आग्रह गरे। प्रधानमन्त्री र मन्त्रीहरूको प्रशंसा गर्न आवश्यक नरहेको तर सही काम गर्नेहरूलाई प्रेरित गर्न आग्रह गरे। 

प्रकाशित: ३२ श्रावण २०८१ १५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App