१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

राप्रपाले फेरि भन्योः हिन्दू अधिराज्य पुनःस्थापना गरिछाड्छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले मन वचन र कर्म एकत्रित गरेर हिन्दु अधिराज्य पुनःस्थापना गरिछाड्ने बताएका छन्।

शनिबार काठमाडौंको कीर्तिपुर नगरपालिकामा संगठन विस्तार कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेण्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौं, गर्छौं’, महामन्त्री राणाले भने, ‘मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौं ।’ 

विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने उनले बताए। सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको, युवा दस्तालाई केन्द्रमा राखेको उनले स्पष्ट गरे।

प्रकाशित: १९ श्रावण २०८१ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App