२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ –  प्रतिनिधिसभाले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ। 

संसद्मा शुक्रबारको बैठकमा सांसद खगराज अधिकारीले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई विहीबार गएको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव पेश गरेको थियो। 

सांसद देवप्रसाद गुरुङले समर्थन गरेको सो प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गर्दा बैठकले प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा राष्ट्रपतिको सम्बोधनको प्रति टेबल गरेको थियो। 

प्रकाशित: १६ चैत्र २०७४ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App