५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने छुट कुनै राजदूतलाई छैन: सांसद खान

जनमत पार्टीका सांसद अब्दुल खानले चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति निन्दा गरेका छन्।

मङ्गलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खानले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले असार २८ मा त्रिशूली नदीमा खसेको दुई वटा बस र हराइरहेका यात्रुको खोजी गर्न भारतले टोली पठाउँदा चीनले आपत्ति जनाएको भन्दै जनमत पार्टीले निन्दा व्यक्त गर्ने बताए। उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे नेपाली जनताले सहन नसक्ने चेतावनी दिए।

उनले भने,‘एउटा मित्र देशले विज्ञ टोलीसहित बस खोज्न सहयोग गर्दा अर्को मित्र राष्ट्र चीनको राजदूतले बसमा सवार मधेसी, मुस्लिम, थारू, दलित समुदायका साथै सम्पूर्ण नेपाली र नेपालीको दुःखमा नुनचुक छर्ने निन्दनीय अभिव्यक्ति एक्समा लेख्नुभएको छ। यसमा नेपाल सरकार गम्भीर हुनुपर्छ। हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप कुनैपनि देशको राजदूतले गर्न सक्दैन। नेपाली जनताले सहन सक्दैन।’

उनले चीनका राजदूतले सामाजिक सञ्जाल एक्समा समाचार शेयर गर्दै हराएको बस खोज्न भन्दा पहिला चुम्बक खोज भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक रहेको बताए। 

प्रकाशित: १५ श्रावण २०८१ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App