७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कारागारलाई सीप विकास केन्द्रको रुपमा विकास गर्न आवश्यकः मन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कारागारलाई सीप विकास केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन्।

आइतवार बिहान सङ्घीय संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्दै कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा सरकार गम्भीर रहेको बताए।

उनले भने, ‘कैदीबन्दीको स्वास्थ्य बीमा र सीपको व्यवस्थाका साथै मनोपरामशर्म कार्यक्रम आवश्यक छ। केही न केही उद्यम गरेर आय आर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था यसबाट उत्पन्न हुन सक्छ।’

कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निर्देशनअनुसार अगाडि बढ्ने उनको भनाइ छ।

साथै उनले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए।

अत्याधिक सङ्ख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै रहेको भन्दै उनले भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताए।

‘हामीसित ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन्,’ उनले भने, ‘यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ।’

कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताए।

प्रकाशित: १३ श्रावण २०८१ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App