बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ।
प्रकाशित: ८ श्रावण २०८१ १७:३६ मंगलबार